पाल्पामा खाना पकाउने ग्यास पड्किँदा एक महिला घाइते

पाल्पा | चैत १, २०७९

पाल्पामा  खाना पकाउने ग्यास पड्किँदा एक महिला घाइते

पाल्पा: जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किँदा एक महिला घाइते भएका छन् ।

 

बुधबार बिहान बराङ्दीका ज्योतिनाथ घिमिरेको घरमा खाना पकाउने एलपी ग्यास पड्किँदा पम्फा घिमिरे घाइते हुनुभएको हो ।

 

खाना पकाउने क्रममा सिलिण्डर एक्कसी पड्किएर नजिकै रहनुभएका पम्फा घाइते हुनुभएको स्थानीय बासिन्दा दयाराज न्यौपानेले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । सिण्डिर पड्किँदा घरमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दाको सहयोगमा घरमा आगलागी हुनबाट भने जोगिएको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्